भारतलाई नेपालले बेच्यो १ करोड ४९ लाखको गोलभेँडा
काठमाडाैं | साउन १२, २०८०
काठमाडौं: नेपालले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ४९ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेचेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात गरिएको छ । उक्त गोलभेँडा असारमा मात्रै निर्यात भएको हो ।
आर्थिक वर्ष २०७८/०७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो ।
भारतको राजस्थानमा आएको आँधीका कारण केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको थियो ।
एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको १ सय २० देखि १ सय ५० भारूमा कारोबार भइरहेको थियो । तर अहिले भने १ सय भारु भन्दा कम भइसकेको छ । यो खबर सेतोपातीमा सुनिता सिटौलाले लेखेकी छिन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

